धनगढी। कैलालीको गोदावरीमा टुईन्च मोटर बम फेला परेको छ । बुधबार गोदावरी नगरपालिका–४ को हाटखोलीमा टुईन्च मोटर बम फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले बताए । उनका अनुसार उक्त बमलाई नेपाली सेनाले प्रयोग गर्ने गरेको छ।
स्थानीयले हाटखोलीस्थित खोलामा टुइन्च मोटर बम देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले तत्काल नेपाली सेनाको बम डिस्पोजल टोली मगाएर उक्त बमलाई डिस्पोज गरिसकिएको प्रहरीले जनाएको छ।
हाटखोली क्षेत्रमा नेपाली सेनाले तालिम अभ्यास गर्ने गरेका कारण सोही क्रममा बम हराएको हुनसक्ने अनुमान गरिएको छ।