कांग्रेस सत्ताबाट बाहिरिदा छाती पिटीपिटी रोइरहेको छ : ओली

धनगढी । एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले कांग्रेस सत्ताबाट बाहिर निस्किएपछि छाती पिटीपिटी रोएको टिप्पणी गरेका छन् । आज धनगढीमा पत्रकार सम्मेलन गरेर उनले गृहमन्त्री रबी लामिछानेको राजीनामा माग्नु नेपाली कांग्रेसले सरकारबाट हट्नु परेको पीडा बताएका हुन् । छटपटिँदै रुँदै के भन्छ त्यसलाई धेरै महत्त्व दिनु नहुने समेत बताए।

गृहमन्त्री रबी लामिछानेको विषय पदबाट राजीनामा दिनु पर्ने सम्मको नभएको उनको तर्क थियो । ‘ उनी सहकारी डुबाउने कुरामा लागेका छन् ? पैसा उठाउने सञ्चालन हुन् ?  केही पनि छैन भने कसरी छानबिन प्रभावित हुन्छ’ ओलीले भने ‘नेपाली काङ्ग्रेसतिर रबी लामिछाने र उनको पार्टी लागेन त्यसो भएको हुँदा रबी लामिछानेलाई बदनाम गर्न खोज्ने फसाउने काम गरिएको हो । ’उजुरी पर्दैमा उसलाई दोषी भन्न नमिल्ने ओलीको तर्क थियो।

सुन तस्करीको अनुसन्धानका लागि एमालेले छानबिन आयोग बनाउन गरेको प्रस्ताव सही रहेको अहिले ठहर भएको ओलीको भनाइ थियो। ‘आयोग बनाउँदा काङ्ग्रेसले अड्को हाल्यो ’ उनले भने ‘एमालेले त्यो बेला गरेको माग ठिक थियो भन्ने कुरा आज पनि प्रमाणित भएको छ ।’ उनले अनुसन्धानका लागि कुनै व्यक्ति पक्राउ पर्दा त्यसले गठबन्धनमा कुनै पनि प्रभाव नपर्ने जिकिर गरे ।

नयाँ सत्ता गठबन्धनमा सबैभन्दा ठूलो दलका नेतासमेत रहेका ओलीले पुरै कार्यकाल माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुन सक्ने संकेत गरेका छन्। ‘अहिले मलाई त्यति मन पनि लागेको छैन । अरू केही अगाडी पनि सरेका छैनन्। के गर्ने त उहाँ नै खानुहोला जस्तो पो देखिन्छ त’ उनले भने।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.