होलीमा इच्छाबिपरित रङ्ग लगाए सजाय गरिने

धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीले मर्यादित रुपमा होली खेल्न आग्रह गरेको छ । प्रशासनले सूचना जारी गर्दै चाडपर्व मनाउने नाममा अवाञ्छित क्रियाकलापहरु नगर्न भनेको हो ।

होलीमा कसैको इच्छाविपरीत रङ्ग लगाउने, बाटो अवरोध गरी सवारी साधनबाट सकम असुल्ने, लोला हान्ने, मादक तथा नशालु पदार्थ खुवाउने एवं मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, अरुलाई जिस्काउने, सार्वजनिक स्थानमा होहल्ला गर्ने, चर्को आवाजमा डिजे बजाउने जस्ता अवाञ्छित क्रियाकलापहरु नगर्न सूचनामार्फत सचेत गराएको छ ।

यस्ता गतिविधि गरे/गराइएका पाइए कानुन बमोजिम सजाय हुने प्रशासनले जनाएको छ । साथै स्वास्थ्यका मापदण्ड अपनाई पर्व मनाउन पनि आह्वान गरिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.