अत्तरियामा जिपको ठक्करबाट पदलयात्रीको मृत्यु

धनगढी । कैलाली अतरियामा  जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ। अत्तरिया पदमा अस्पताल नजिक से १ च १५३९ नम्बरको महेन्द्रा बोलेरो जिपको ठक्करबाट पैदल यात्री गोदावरी नगरपालिका-१ का ७० वर्षीय वासुदेव खरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ  ।

ठक्करबाट गम्भीर घाइते भएका उनको पदमा अस्पताल अत्तरिया हुँदै सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.