अछाममा आफ्नै बाबुद्वारा १२ बर्षिया छोरी बलात्कार

मङ्गलसेन।  अछाममा आफ्नै बाबुले छोरीलाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ । हिजो  मंगलसैन नगरपालिका वडा नम्बर १४ मा ३५ वर्षीय बाबुले १२ बर्सिया छोरीलाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।

शनिवार साँझ ४ बजेतिर छोरीलाई बाबुले घरभित्रै मादक पदार्थ सेवन गरेर बलात्कार गरेको प्रहरीले जनाएको छ । घरमै रहेकी आमाले घटना थाहा पाएपछि प्रहरीले जानकारी पाएको थियो । नावालिक छोरी बलात्कारको आरोपमा ३५ वर्षीय बाबुलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको जिल्ला  प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिए । 

बाबुलाई नियन्त्रणमा लिइएको र म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक पाठकले जानकारी दिए । बलात्कृत नावालिकको शनिवार नै स्वास्थ्य परीक्षण गरिएको र प्रारम्भिक अनुसन्धान अनुसार उनीमाथि बलात्कार भएको देखिएको प्रहरीले बताएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.