पत्रकार धितालका जनयुद्धकालीन डायरीमाथि धनगढीमा संवाद

धनगढी। पत्रकार मनऋषि धितालले लेखेका जनयुद्धकालीन डायरीमाथि धनगढीमा संवाद गरिएको छ । शनिबार धितालले लेखेका जनयुद्धकालीन डायरीमा समावेश गुफाप्रेसको चिठी, जेलयात्रा, बेनीयात्रा, आधारयात्रा, राजमार्ग यात्रा, पिली यात्रा र गण्डक यात्रा पुस्तकमाथि संवाद गरिएको हो ।

कार्यक्रममा प्रस्तुतिकरण राख्दै सम्पादक कुँवरले लेखकले युद्धकालिन समयमा देखेका,सुनेका र भोगेका कुराहरु पुस्तकमा समेटेको बताए । उनले तत्कालीन अवस्थामा राजनैतिक दलको अवस्था, प्रेस स्वतन्त्रताको अवस्था, आन्दोलनमा भएका गतिविधिलगायतका विषय पुस्तकमा समेटिएको उनले बताए । त्यस्तै लेखक जेल जीवनको भोगाइ, जनयुद्धको जीवित इतिहास, सत्य तथ्य र सुन्दर पक्ष पुस्तकमा प्रतुत गरेको उनले बताए । उनले भने ‘जनयुद्धको समयमा घटेका वास्तविक घटनाका बारेमा पुस्तकहरुमा प्रस्तुत गरिएको छ ।’

पुस्तकमाथि धारणा राख्दै संविधानसभा सदस्य हरि श्रीपाइलीले युद्धकालीन डायरीमा समावेश पुस्तकहरु राजनैतिक दलका लागि अध्ययन सामग्री बन्ने सक्ने र  नयाँ पुस्ताका लागि महत्वपूर्ण इतिहास बन्ने बताए। नेकपा(माओवादी केन्द्र)की नेतृ मञ्जु बमले यी पुस्तकहरुमा युद्धको भोगाई, द्धन्द्ध सिर्जनादेखि समाधानसम्मको यात्रा समेटिकाले जुनसुकैलाई पनि जानकारी मुलक सामग्री बन्ने बताइन् ।

संवादमा सहभागी बरिष्ठ पत्रकार मनमोहन स्वारले युद्धको समग्र कुरा समेटिएका पुस्तक त्योबेलाको जीवन्त साक्षी भएको बताए । त्यस्तै बरिष्ठ पत्रकार उमीद बागचन्दले जनयुद्धकालीन डायरीमा समावेश पुस्तकहरु दस्ताबजेकरण र इतिहास भएको बताए । त्यस्तै पत्रकार वीरेन्द्र रावलले पुस्तकमार्फत संघर्षका पाटाहरु एवं जनयुद्धको सिलसिलेवार प्रस्तुति गरिएको बताए । पत्रकार दीर्घराज उपाध्यायले यी पुस्तकहरु युद्धलाई विर्सिएर सत्तामा जाने नेताहरुका लागि गीता बन्ने बताए । पत्रकार दिलबहादुर छत्यालले त्यो बेलाको अवस्था नबुझेकालाई जनयुद्धकालिन पुस्तक जानकारीमुलक सामग्री बन्ने बताए ।

बरिष्ठ साहित्यकार पदमराज जोशीले युद्धकालीन डायरीमा समावेश पुस्तकहरुले तत्कालीन समयको नेपालको इतिहास जान्न चाहनेका लागि पठनयोग्य सामग्री बन्ने बताए । लेखक धितालले तत्कालीन समयमा आफूले देखेको, भोगेको, सुनेको कुराहरु पुस्तकमा समेटिएको बताए । ‘त्यो बेला समाजभित्र भएका हरेक गतिविधि पुस्तकमा समेटेको छु ।’ उनले भने ‘जनयुद्धको समयमा भएका कमी कमजोरी पनि यसमा समावेश छन् । यो इतिहासको दस्ताबेज हो ।’No description available.

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.