Dashain Suvakamana

मन्त्री रेखा शर्मा नै नेपाल सरकारको प्रवक्ता

Ajai

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई नेपाल सरकारको प्रवक्ता तोकिएको छ। सिंहदरबारमा बिहीबार बसको पुर्नगठित मन्त्रिपरिषद्को पहिलो बैठकले नेपाल सरकारको प्रवक्तामा मन्त्री शर्मालाई तोक्ने निर्णय गरेको हो।

उनी यसअघि पनि सरकारको प्रवक्ताका नै थिइन् । बैठकपछि सरकारका प्रवक्ता शर्माले मन्त्रिपरिषदले पूर्णता पाएपछि मात्रै प्रधानमन्त्रीले विश्वासको मत लिने जानकारी दिइन्।

यस्तै, सरकारले कमिसन अन द स्ट्याटस अफ वुमनको सम्मेलनमा भाग लिन महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीलाई स्वीकृति दिने निर्णय गरेको छ । बैठकले संयुक्त राष्ट्रसंघको उक्त सम्मेलको ६८ औं सत्रमा भाग लिन महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीलाई स्वीकृति दिने निर्णय गरेको हो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.