Dashain Suvakamana

‘सुदूरपश्चिमलाई खेलाडीको उर्बरभूमि बनाइने’ सामाजिकमन्त्री साउँद

Ajai

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री झपटबहादुर साउँदले खेल र खेलाडीको बृहत्तर हितमा सरकार लागिपर्ने बताएका छन् । आइतबार धनगढी रंगशालामा प्रदेशस्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री साउँदले बिधालयस्तरबाटै खेलाडी उत्पादन गर्न मन्त्रालय र आफु कटिबद्ध रहेको बताएका हुन् ।

May be an image of 5 people and textखेलका माध्यमबाट राष्ट्र र अन्तराष्ट्रिय जगतमा प्रदेशको नाम चिनाउन सफल खेलाडीको उर्वरभूमी सुदूरपश्चिम रहेकाले यसको महत्व र मर्यादालाई सरकारले सधैब हर्दयङ्गम गरी खेल र खेलाडीको बृहत्तर हितमा प्रदेश सरकार लागिपर्ने बताउदै उनले खेलाडीलाई अनुशासित भएर आफ्नो प्रतिभा प्रदर्शन गर्न अनुरोध गरे। 

प्रदेशका ९ वटै जिल्लाबाट विभिन्न बिधामा उत्कृष्ट रुपमा छनोट हुन सफल भएकोमा खेलाडीहरुलाई बधाई दिदै मन्त्री साउँदले अब प्रदेशस्तरको टीम र उत्कृष्ट खेलाडी छनोटमा पर्न बधाई पनि दिए ।

सुदुरपश्चिम खेलकुद परिषदका सदस्य सचीव दीपक सिंहको अध्यक्षतामा सम्पन्न उदघाटन समारोहमा सुदूरपश्चिममा रहेका तीनवटै सुरक्षा निकायका प्रमुखहरुको र सरोकारवालाको उपस्थिति रहेको थियो।May be an image of 6 people and text

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.