Dashain Suvakamana

मन्त्रि साउँदको पहलमा राहुल नेपालीले पाए एमबीबीएसमा भर्ना

Ajai

धनगढी।भौगोलिकरुपले मात्रै नभई सामाजिक छुवाछुतको सिकार दलित समुदायको राहुल नेपालीले चिकित्सा क्षेत्रको एमबीबीएसमा भर्ना हुने अवसर पाएका छन्। त्यो पनि प्रदेश सरकारको पूर्ण छात्रवृत्तिमा। पहिलो पटक छात्रवृत्ति पाएर पनि पैसाको अभावमा भर्ना हुन छुट्नु भएका राहुल नेपालीले प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको जमानी पत्रपछि अहिले गण्डकी मेडिकल कलेज पोखरामा छनौट भै भर्ना भएका हुन्।

प्रदेशमा रहेका अस्पताल तथा सरकारी स्वास्थ्य संस्थाहरूमा पर्याप्त विशेषज्ञ चिकित्सक नभएर समस्या बेहोर्न बाध्य सुदूरपश्चिममा तत्कालिन मुख्यमन्त्री त्रिलोचन भट्ट सरकारले आफैले निःशुल्क डाक्टर पढाउने लक्ष्य लिएको थियो। त्यसयता छात्रवृतिमा प्रत्येक वर्ष नौं जनालाई चिकित्सक पढाईरहेको प्रदेश सरकारको सामाजिकमन्त्री झपटबहादुर साउँद भएपछि यसअघिको एकीकृत छात्रवृति व्यबस्थापन निर्देशिका २०७६ लाई तेस्रो पटक संसोधन गरी लक्षित वर्गको पहुँच सुनिश्चित गरेको हो ।

जस्को फलस्वरूप पहिलोपटक दलित गरिब तर, जेहेन्दार बिधार्थी राहुल नेपालीले प्रदेश सरकारको पूर्ण छात्रवृत्तिमा एमबीबीएस पढ्न पाएका हुन्। यस अघि खुल्ला तर्फबाट नौं जनाले एमबीबीएस अध्ययनको छात्रवृत्ति पाइरहेका थिए । ‘यस अघि विपन्न वर्गको पहुँच नपुगेको र समावेशी नभएको गुनासो आइरहेको थियो । अहिले सबै वर्ग र समुदायको प्रतिनिधित्व हुने गरी कार्यविधि संशोधन गरिएको छ’ सामाजिक विकास मन्त्री साउँदले भने- ‘केही वर्षभित्रै हामी प्रदेशमा आवश्यक पर्ने पर्याप्त डाक्टर आफै बढाउने लक्ष्य दिएका छौँ ।’

राहुल नेपालीसंगै यस बर्षदेखि महिला, दलित, थारु–राना थारु, आर्थिक रूपमा विपन्न खास आर्य, आदिवासी जनजाति, पिछडिएको क्षेत्र, अपाङ्ग मधेसी र मुस्लिम जेहेन्दार बिधार्थीले समेत प्रदेश सरकारको पूर्ण छात्रवृत्तिमा एमबीबीएस पढ्न पाउने भएका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.