Dashain Suvakamana

महेन्द्रनगरमा एक युवकको शव नहरमा फेला

Ajai

धनगढी। कञ्चनपुरको महेन्द्रनगरमा एक युवकको शव नहरमा फेला परेको छ । भीमदत्त नगरपालिका- ४ महेन्द्रनगर गोबरैयाका युवक चन्द्रबहादुर विष्टको शव नहरमा फेला परेको प्रहरीले जनाएको छ ।

तीन दिन अघिदेखि हराएका विष्टको शव नहरमा फालेको अवस्थामा फेला परेको छ । आइतबार घरदेखि हराएका विष्टको मंगलबार सिँचाइको नहरमा शव फेला परेको हो । मृतक विष्टका दाजु अमरबहादुर विष्टले १३ फागुनदेखि हराएका भाइको शव १५ फागुन बिहान नहरमा भेटिएको बताए ।

विष्टको शव नहरमा फेला परेपछि प्रहरीले दुईजनालाई पक्राउ गरेको  छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले पसले दीपक जोशी र छिमेकी भरत चन्दलाई घटनाबारे सोधपुछका लागि लगिएको बताए । ‘घटनाको हामीले अनुसन्धान अघि बढाएका छौँ,’ प्रवक्ता डाँगीले भने, ‘घटनास्थलदेखि शव फेला परेको स्थान सबै क्षेत्रमा आवश्यक अनुसन्धान अघि बढाएका छौँ ।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.