इलाम र बझाङ्गमा बैशाख १५ गते उप–निर्वाचन हुने

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको उप–निर्वाचन आगामी २०८१ बैशाख १५ गते गर्ने निर्णय गरेको छ । आयोगको आइतबार बसेको बैठकले सरकारसँगको परामर्शमा इलाममा खाली रहेको प्रतिनिधि सभा सदस्य र बझाङ्गमा प्रदेश सभा सदस्यको उप-निर्वाचन आगामी बैशाख १५ गते गर्ने निर्णय गरेको हो ।

इलाम प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ तथा बझाङ जिल्ला प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा मिति बैशाख १५ गते शनिबारका दिन उपनिर्वाचन गर्ने गरी मिति तोक्ने निर्णय भएको आयोगका उपसचिवसमेत रहेका सहायक प्रवक्ता डा. थानेश्वर भुसालले जानकारी दिए । इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङ्ग र बझाङ जिल्ला प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि रिक्त भएको थियो ।

यसरी कुनै सदस्यको स्थान, प्रतिनिधि सभा वा प्रदेश सभाको कार्यकाल ६ महिनाभन्दा बढी अवधि बाँकी रहदै रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो, त्यसै प्रक्रियाबाट पूर्ति गरिनेछ भन्ने संवैधानिक व्यवस्था भए बमोजिम उपनिर्वाचनको मिति तोकिएको हो। 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.