मन्त्रीको पहलमा सुदूरपश्चिममा पहिलो पटक ललितकला प्रदर्शनी

धनगढी । सुदूरपश्चिम सरकारको सामाजिक विकास मन्त्रालय सम्हालेपछि युवा नेता झपटबहादुर साउँदले एकपछि अर्को कर्तिमानी काम गर्दै आएका छन् ।  भौतिक पूर्वाधारको विकास निर्माणसंगै  जनअपेक्षा अनुसार शिक्षा, स्वास्थ्य, रोजगार, खेलकुद कला भाषालगायतका सामाजिक विकासमा तल्लिन मन्त्रि साउँदको पहलमा पहिलो पटक सुदूरपश्चिममा ललितकला प्रदर्शनी हुने भएको हो।

जस्को फलस्वरुप नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौँले ललितकला प्रदर्शनीमा चित्रकला, मूर्तिकला, लोककला, हस्तकलाको फागुन २० देखि प्रदेशस्तरीय प्रदर्शनी गर्न लागेको छ। कार्यक्रमको सहसंयोजक सुदूरपश्चिम प्रदेश प्रज्ञा प्रतिष्ठान रहने छ । अहिलेसम्म काठमाडौँमा मात्रै सीमित रहेको ललितकला प्रदर्शनी यो वर्षबाट प्रदेश स्तरीय हुन लागेको हो,’ प्राज्ञ अधिकारीले भने- ‘सुदूरपश्चिममा  फागुन २० देखि २४ गतेसम्म हुने प्रदर्शनीमा भाग लिन इच्छुक कलाकारहरूले आफ्नो कला कृति फागुन १२ गतेभित्र दर्ता गरिसक्नुपर्ने छ।

प्रदेशमा रहेका कलाकारहरूलाई माथि उठाउन प्रदेशस्तरीय प्रदर्शनी गर्ने निर्णय भएको र यसले आगामी वर्षहरूमा निरन्तरता पाउने निर्णय ललितकला प्रज्ञा प्रतिष्ठानले गरेको छ। पहाडी जिल्लाबाट धनगढी आउन नसक्ने कलाकारहरूले आफ्नो कृति प्रदर्शनीमा विभिन्न माध्यमबाट समेत पठाउन सक्नेछन्। त्यस्तो कृति उत्कृष्ट ठहरिए प्रदेशस्तरीय प्रदर्शनीमा पुरस्कृत गरिनेछ भने राष्ट्रिय ललितकला प्रदर्शनीमा समेत उक्त कृतिलाई सहभागी गराइने प्राज्ञ अधिकारीले बताए।

धनगढीमा हुने प्रदेशस्तरीय ललितकला प्रदर्शनीमा सुदूरपश्चिमका दर्जनौं कलाकारहरूले आफ्नो कलाकृति प्रदर्शनीका लागि ल्याउने अपेक्षा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले गरेको छ। यस क्षेत्रका कलाकारहरूलाई प्रदर्शनीमा भाग लिन प्रदेश प्रज्ञा प्रतिष्ठानमा सम्पर्क गर्न आग्रह गरिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.