धनगढी। कैलालीको चुरेया पर्भीने भासु भिरमा बम बिस्मफोटमा परि चार जना घाइते भएका छन् । भीमदत्त राजमार्ग अन्तर्गत पर्ने चुरे गाउँपालिका ३ भासुभीर नजिकै बाटो खन्ने क्रममा बुधवार साँझ तिर द्धन्दकालीन समयामा राखिएको विद्युतीय धराप(एम्बुस) बिष्फोट हुदा चार जना घाईते भएका हुन्।
सडक चौडा तथा मर्मत गरिरहेको जेसिबीले सडक खन्ने क्रममा अचानक एम्बुस बिष्फोट हुदा जेसिबी चालक कैलालीका ४५ वर्षीय वसन्त खडायत, सुर्खेतका २२ वर्षीय हिरा थापा र कञ्चनपुरका नवीनदेव अवस्थी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले बताए। थापाको सहजपुरस्थित स्वास्थ्य चौकीमा उपचार गरिएको छ।
अन्य तीन जना घाईतेको धनगढीको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ। बसन्त खडायतको टाउको र अनुहारमा चोट लागेको छ भने रोलर अप्रेटर २२ वर्षीय हिरा थापाको टाउको र अनुहारमा चोट लागेको छ। यस्तै नबिन देबको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
बिष्फोटपछि घट्नास्थलमा सवारी साधन आवतजावतमा रोक लगाएर नेपाली सेनाको बम डिष्पोजल टोली परिचालन गरिएको थियो। द्धन्दकालमा उक्त क्षेत्रमा तत्कालिन बिद्रोही र नेपाली सेनाबीच भीषण लडाई भएको र बुधवार बिष्फोट भएको बिद्युतीय धराप पनि द्धन्दकालकै भएको अनुमान गरिएको छ।