धनगढी। नेकपा एमाले कैलालीको ९ औं जिल्ला अधिवेशन आजदेखि सुरु हुँदैछ । कैलालीको सुख्खडमा हुने अधिवेशनको उद्घाटन गर्न पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओली आउने कार्यक्रम रहेको छ ।
सोमबार सम्म चल्ने अभिवेशनको नेतृत्वका लागि आकाक्षिले इच्छ्यापत्र भने दर्ता गरिसकेका छन । नेकपा कैलालीको नेतृत्व लिन तीन पक्षबीच आन्तरिक संघर्ष चलिरहेको छ ।अध्यक्षमा दुर्गा जोशी, डेजी पाण्डे र यज्ञराज ढुङ्गाना दावेदार छन । उपाध्यक्षमा लोकेन्द्र शाही, मनराज शाही, नृप खडायत, मदनराज ओझा, शर्मानन्द भट्ट, गजेन्द्र स्वार, दलबहादुर रावल र प्रेम डगौरा गरी ८ जनाले दाबी गरेका छन् ।
सचिवमा हितेस ओझा, ममताप्रसाद चौधरी, विष्णु चन्द, कमलबहादुर राना, चूडामणि भट्ट, आनन्दप्रसाद भट्ट, शम्भु कुँवर, वीरेन्द्रबहादुर रावल, द्वारिका न्यौपाने, विष्णुबहादुर चौधरी, वक्तबहादुर शाही र भीष्मराज सुवेदीगरी सचिवमा १२ जनाले उम्मेदवारी दिने तयारीमा छन् ।
२ पदको उपसचिवमा ३० जनाले दाबी गरेका छन् ।