
धनगढी । राष्ट्रिय तेक्वान्दो संघ नेपालले धनगढीका ४ जना खेलाडीलाई ब्ल्याक बेल्ट (प्रशिक्षणको ग्राजुयड प्रमाणपत्र) प्रदान गरेको छ । संघको कैलाली जिल्ला महासचिव एवं प्रशिक्षक करन धामीको ३६ महिने कठोर प्रशिक्षण पश्चात गत महिना लिइएको टेष्ट परीक्षमा उर्तिण उनीहरुलाई आज एक कार्यक्रमकावीच केन्द्रीय प्रतिनिधि तथा सुदूरपश्चिम प्रदेशमा कार्यरत प्रशिक्षक राजेन्द्र भण्डारीले धनगढीमै प्रमाणपत्र प्रदान गरेको हो ।
विगत साढे तीन वर्षदेखि तेक्वान्दो खेलमा निरन्तर लागिरहेका धनगढीका सृजना गुरुङ, आरएन डगौरा, पार्वत जोशी र प्रशंसा अधिकारीले ब्ल्याक बेल्टको प्रमाणपत्र पाएका हुन् । प्रमाणपत्र वितरणको सो समारोहमा केन्द्रीय प्रतिनिधि भण्डारीले खेलाडीहरुको मिहेनत र निरन्तरको लगनशिलताले उनीहरुको मात्रै नभएर वरपरको समाजको पनि जीवनत परिर्वतन गर्न सहयोग सिद्ध हुने बताए ।
उत्कृष्ट खेलाडीलाई ब्ल्याक बेल्ट वितरण कार्यक्रममा बधाई तथा शुभकामना ब्यक्त गर्दै कैलाली खेलकूद परिषदका अध्यक्ष ललित खत्रीले खेलकूदले भोलिका कर्णधार युवाको बृतीविकासकासाथै समाज र देशको प्रतिष्ठा उजागार गर्ने भएकाले खेलकूदलाई विधालय पाठ्यक्रमा समावेश गर्नुपर्ने बताए ।
राष्ट्रिय तेक्वान्दो संघ नेपाल, कैलालीका जिल्ला अध्यक्ष दिनेशराज जोशीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रशिक्षक करन धामीले तेक्वान्दो खेल मात्रै नभएर आत्मरक्षाको कला प्रतिभा भएकाले खेलाडी स्वयमको जीवन, उसको वरपरको समाज र राष्ट्रकै प्रतिष्ठा उजागर गर्ने बताए । उनले तेक्वान्दोको प्रशिक्षणवाट खेलाडीको आत्मरक्षा, स्वयंलाई स्वास्थ्य तन्दुरुस्ती, कूलतबाट बच्न र खेलकै माध्यमबाट देशको प्रतिष्ठा उजागार गर्न मद्दत पुग्ने बताए ।
