अत्तरिया। कैलालीको गोदावरी नगरपालिकाले गोदावरी धामलाई प्रतिक चिन्ह बनाएर निर्माण गरेको लोगोलाई छनोट गरेको छ। नगरपालिकाले प्रतिस्पर्धा गराएर लोगो निर्माण गरेको हो। छनोट भएको लोगोमा माथि ‘आत्मनिर्भर सुन्दर समृद्ध गोदावरी’ लेखिएको छ।
लोगोको बिच भागमा नगरको नक्सा गोदावरी धाममा रहेको हनुमानको मुर्ति, कलस, अत्तरिया चोक, लामितालको तस्बिर राखिएको छ। लोगोमा पहाड र तराईको फाँट झल्किने तस्बिर समावेश गरिएको छ भने आधुनिक सहरको परिकल्पना गरिएको छ।
उक्त लोगो नगरपालिकाको १०७ औं कार्यपालिका बैठकबाट अनुमोदन गरिसकिएको छ। नगरपालिकाले मंसिर ४ गते सूचना जारी गरेर लोगो पेश गर्न आवेदन माग गरेको थियो। जसमा १७ जनाले आवेदन दिएकोमा अत्तरिया प्रिन्टर्सले तयार पारेको लोगो छनोटमा परेको हो ।
नगरपालिकाले उत्कृष्ट लोगो निर्माण गर्नेलाई ५१ हजार दिने जनाएको छ।