नेता-कार्यकर्ताबीच भएको विवादपछिको कुटाकुटमा परी एमाले धादिङ जिल्ला अधिवेशनमा एक जनाको हात भाँचिएको छ । बागमती प्रदेश एमाले अध्यक्ष कैलाश ढुंगेलले एक विज्ञप्ति जारी गर्दै शुक्रवारबाट भएको तनाब बढेर शनिवार कुटाकुटमा परिणत भएको र एक जनाको हात भाँचिएको बताएका हुन्।
अधिवेशनमा पाँच प्रतिशत प्रतिनिधि मनोनयनका विषयमा भएको विवाद बढ्दै जाँदा एक जनाको हात भाँचिनेसम्मको स्थिति आएको विज्ञप्तिमा उल्लेख छ । अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए । तर तनाबको स्थिति आएपछि अर्को सूचना जारी नभएसम्मका लागि अधिवेशन नै स्थगित भएको उनले जनाएका छन् ।
यता, नेकपा एमाले संसदीय दलको बैठक बस्ने भएको छ। शनिबारदेखी सुरु भएको बैठक आज पनि बस्न लागेको हो। बैठक बिहान ११ बजेदेखी संघीय संसद भवन, नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्ने एमालले जनाएको छ।