वडाअध्यक्षका ११ बाख्रालाई बाघले मारेपछि प्रहरी परिचालन

धनगढी। बझाङको थलारा गाउँपालिका वडा नम्बर २ का वडाध्यक्षका ११ बाख्रालाई बाघले मारेको छ। जंगलमा चराउन लागेकाबेला वडाध्यक्ष रवेन्द्र खातीका बाख्रा बाघले मागरेको हो।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले वडाध्यक्षका ११ वटा बाख्रा कालापानी बिनौना जङ्गलमा बाघले मारेको बताएको छ। शनिवार १८ वटा बाख्रालाई बाघले आक्रमण गरेको थियो। त्यसमध्ये एक बोका, ६ बाख्रा, ३ खसी र २ पाठासहित ११ वटा बाघले मागरेको बताइएको छ। प्रहरीका अनुसार उनका ६ वटा बाख्रा मात्र सकुशल रहेका छन्।

सो घटनापछि अस्थायी प्रहरी पोस्ट बगडाको टोली घटनास्थल गएको प्रदेश प्रहरीले बताएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.