धनगढी। सुदूरपश्चिम प्रदेश सभाको लोगो संशोधन भएको छ। पुरानो लोगोमा नेपालको नक्सा नभएको र राष्ट्रिय झण्डामा चन्द्र, सूर्य स्पष्ट नदेखिएकाले लोगो संशोधन गरिएको बताइएको छ।
लोगो संशोधन समितिले तयार पारेको प्रतिवेदन बमोजिमको नयाँ लोगो प्रदेश सभाका लागि कायम गरिएको छ। शुक्रबार बसेको प्रदेश सभा बैठकले समितिको प्रतिवेदनलाई सर्वसम्मत पारित गरेको हो। समितिको प्रतिवेदनमाथि सदनमा छलफल गरिएको छ।
प्रतिवेदनमाथिको छलफलमा प्रदेशसभा सदस्य मानबहादुर रावल, शिवसिंह ओली, चक्रबहादुर मल्ल र टीका थापाले भाग लिए। समितिका संयोजक पदमबहादुर शाहीले प्रदेश सभाबाट प्रतिवेदन पारितका लागि प्रस्ताव पेश गरेका थिए।