Dashain Suvakamana

भारतीय सीमा क्षेत्रमा नक्कली नोटको बिगबिगी, दुई जना पक्राउ

Ajai

धनगढी। भारतीय सीमा क्षेत्रमा नक्कली नेपाली नोटको कारोवार हुने गरेको पाइएको छ । कारोबारमा नक्कली नोट प्रयोग गर्ने र सीमा क्षेत्रको बाटो हुँदै अन्यत्र समेत नोटको ओसारपसार हुने गरेको प्रहरीले जनाएको छ । 

बिहीबार मात्र सर्लाहीको हरिवनबाट प्रहरीले नक्कली नोटसहित पक्राउ गरेका दुई जनाको साथबाट एक लाख ७२ हजार नक्कली नोट बरामद भएको छ । त्यस्तै, २१ बन्डल नक्कली हजार दरका नोटको साइजमा कटिङ गरिएको कागज बरामद भएको इलाका प्रहरी कार्यालय हरिवनका प्रमुख एवं प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए ।

इन्स्पेक्टर गिरीका अनुसार तल्लो र माथिल्लो भागमा नक्कली हजार दरका नोट राखेर २० वटा टेष्टी बिस्कुटको पुरिया समेत फेला परेको छ । प्रहरीले यस घटनामा संलग्न रौतहटको माधवनारायण नगरपालिका–२ का ३६ वर्षीय सञ्जय सहनी र सर्लाहीको बलरा नगरपालिका–७ का २३ वर्षीय अमरेन्द्र महरालाई पक्राउ गरेको हो ।

नक्कली नोटको ओसारपसार भइरहेको विशेष सूचना प्राप्त गरेपछि हरिवनका इन्स्पेक्टर गिरी नेतृत्वको प्रहरी टोली फिल्डमा परिचालित भएको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.