Dashain Suvakamana

यू-१९ विश्वकप: सुपर सिक्सको पहिलो खेलमा नेपाल बंगलादेशसंग खेल्दै

Ajai

काठमाडौं। दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकपमा क्रिकेटमा नेपालले सुपर सिक्सको पहिलो खेलमा बंगलादेशको सामना गर्दैछ । नेपाल र बंगलादेशबिचको खेल दक्षिण अफ्रिकामा नेपाली समयअनुसार आज दिउँसो पौने २ बजे सुरु हुनेछ ।

पछिल्लो खेलमा टेष्ट राष्ट्र अफगानिस्तानलाई पराजित गरेको नेपालको मनोबल उच्च छ । उता बंगलादेश पनि सुपर सिक्सको पहिलो खेलमा जित हासिल गर्दै सेमिफाइनलमा पुग्ने सम्भावना कायमै राख्न चाहन्छ । नेपालको भने सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।यू-१९ विश्वकपमा नेपालले तेस्रो पटक बङ्गलादेशको सामना गर्दैछ 

यसअघि नेपाल र बङ्गलादेशको भेट दुई पटक भएको छ । जसमा एकमा नेपाल र एकमा बङ्गलादेश विजयी भएका छन् । नेपालले २००२ मा भएको यु(१९ विश्वकप प्लेट च्याम्पियनसिपमा सेमिफाइनलमा बङ्गलादेशलाई २३ रनले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो । उक्त च्याम्पियनसिपमा नेपाल फाइनलमा जिम्बाब्बेसँग १३७ रनले पराजित भएको थियो । 

नेपाल र बङ्गलादेशको दोस्रो भेट २०१६ मा भएको यु-१९ विश्वकपमा भएको थियो । उक्त खेलमा भने बंगलादेशसँग ६ विकेटले पराजित हुँदै नेपाल विश्वकपबाट बाहिरिएको थियो । त्यसयता भने नेपाल र बङ्गलादेशको भेट भएको छैन।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.