धनगढीमा स्कुटर दुर्घटना हुँदा एकको मृत्यु, २ गम्भिर घाइते

धनगढी । कैलालीको धनगढीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने श्रीमान् श्रीमती घाइते भएका छन् । धनगढी उपमहानगरपालिका–६ को जालीस्थित वासुदेवी स्कुल नजिक से १ प २८५९ नम्बरको स्कुटी  पल्टिदा बर्दियाको बाँसगढी नगरपालिका–४ बठौवागाँउ बस्ने २५ वर्षीय लालु चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।

 जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले दुर्घटनामा गम्भीर घाइते भएका चौधरीलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल लगिएको र उनको त्यही मृत्यु भएको जानकारी दिए। दुर्घटनामा जाई बस्ने २५ बर्सका रमेश चौधरी र २३ बर्सकी चन्द्रावती  राना घाइते भएका छन्। उनीहरू दम्पती हुन् ।

दुर्घटना भएको स्कुटरमा तीन जना सवार रहेको प्रहरी नायव उपरीक्षक चन्दले जानकारी दिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.