Dashain Suvakamana

सेती प्रादेशिक अस्पताललाई दुईसय बेडमा स्तरोन्नति गरिदै

Ajai

धनगढी । सुदूरपश्चिम सरकारका सामाजिक विकास मन्त्री झपट बहादुर साउँदले धनगढीस्थित सेती प्रादेशिक अस्पतालको स्तरोन्नति गरि दुई सय सैय्याको बनाइने बताएका छन् । शुक्रबार प्रदेश सभाको सामाजिक विकास समिति सदस्यले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री साउँदले यस्तो बताएका हुन्।

प्रदेश सभा सदस्य प्रकाश बमको प्रश्नको जवाफ दिँदै मन्त्री साउँदले सेती, महाकाली र टीकापुर अस्पताललाई समान रुपमा स्तरोन्नति गर्ने गरी मन्त्रालयले काम गरिरहेको बताउँदै सेती अस्पताललाई दुईसय बेडको अस्पताल बनाइने बताएका हुन्। नेपाल सरकारबाट ५० र विकास समितिबाट ७५ गरेर सेती प्रादेशिक अस्पतालमा अहिले १२५ शय्याको स्वीकृत भएपनि अस्पताल दुई सय ४५ शय्यामा सञ्चालन भइरहेको छ।

No description available.यस्तै, अस्पतालको आकस्मिक कक्षमा बिरामीको सङ्ख्या धेरै हुन थालेपछि थप २५ शय्याको निगरानी कक्ष स्थापना गर्ने तयारी छ। प्रदेशसभा सदस्य बमले महाकाली अस्पतालमा शल्यक्रिया गर्ने डाक्टर हुँदा पनि बेहोस पार्ने डाक्टर नहुँदा त्यहाँका जनताले सेवा प्राप्त गर्न नसकेको भन्दै मन्त्री साउँदको ध्यानाकर्षण गराएका थिए । प्रदेश सभा सदस्य बमको प्रश्नको जवाफ दिँदै मन्त्री साउँदले जनशक्तिकै अभावका कारण यस्तो समस्या आएको बताए ।

सुदूरपश्चिमकै रिफरल अस्पतालको रुपमा रहेको सेतीको आकस्मिक कक्षमा २०, मेडिसिनमा ३६, आइसोलेसनमा चार, शल्यक्रियामा ४३, शल्यक्रियापछि बिरामी राख्न पाँच, बाल वार्डमा ३०, स्त्री तथा प्रसूतिमा ६०, प्रसूतिमा १५, सघन उपचार कक्षमा (आइसीयू) मा १५, एचडीयूमा चार, एनआईसीयूमा ९, एनआरएचमा १०, हेमो डाइलासिसमा १७, एक विशिष्ट कक्षमा एक शय्या र ६० कोरोना अस्पतालका शय्याहरू रहेका छन्।

शुक्रबारको बैठकमा समितिका सदस्यहरूले मुख्यमन्त्री शाह र सामाजिक विकास मन्त्री साउँदलाई बिभिन्न प्रश्नहरू सोधेका थिए । प्रदेश सभाको सामाजिक विकास समितिले प्रदेशका मुख्य तीन अस्पताल, सेती, महाकाली र टीकापुर अस्पतालको अनुगमन गरी त्यहाँको अवस्थाबारे तयार गरेको प्रतिवेदन मुख्यमन्त्री शाह र सामाजिक विकास मन्त्री झपट साउँदलाई बुझाएको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.