Dashain Suvakamana

‘जनआकांक्षाअनुसार पुरानो व्यबस्थालाई परिबर्तन गर्छौं’ मन्त्री साउँद

Ajai

धनगढी । सुदूरपश्चिम सरकारका सामाजिक विकास मन्त्री झपट बहादुर साउँदले जनताको स्वास्थ्य उपचारमा आफु र मन्त्रालय जिम्मेबार भएर लागेको बताएका छन् । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गैरआवासीय नेपाली संघद्वारा हस्तान्तरित अक्सिजन प्लान्टको उदघाटन कार्यक्रममा मन्त्री साउँदले यस्तो बताएका हुन् ।

May be an image of 6 peopleस्वास्थ्य उपचार सेवा जनताको नैसर्गिक अधिकार हो । यस विषयमा प्रदेश सरकार प्रतिबद्ध छ । उनले भने- ‘स्वास्थ्य उपचार होस् वा गुणस्थारीय शिक्षा  जनआकँक्षा अनुसार नयाँ हिसावले नीति र पद्धति मिलाउन केही समय लागेपनि सरकार जनताको अवस्था अनुसार पुरानो व्यबस्थालाई परिबर्तन गर्न हरदम प्रयासरत छौं।’

व्यबस्था चेन्ज भएपनि जनताको अवस्था परिर्वतन भएन भन्ने जनगुनासोमा मन्त्री साउँदले यसरी प्रस्ष्ट्यएका हुन् ।

सरकारको ‘हैसेमा होष्टे’ गरेर मानवसेवा दर्शाएकोमा गैरआवासीय नेपाली संघलाई मन्त्री साउँदले धन्यवाद समेत दिए । सो क्रममा सुदूरपश्चिम सरकारका सामाजिक विकास मन्त्री झपट बहादुर साउँदले अस्पतालको निरिक्षण समेत गरेका छन् ।May be an image of 3 people, people smiling, hospital and text

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.