माओवादी केन्द्रले सुदूरपश्चिमबाट रेणु चन्दलाई उम्मेदवार बनायो

धनगढी । राष्ट्रिय सभा सदस्यमा नेकपा (माओवादी केन्द्र)ले सुदूरपश्चिम प्रदेशबाट महिला नेत्री रेनु चन्दलाई उमेदवार बनाउने भएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा आज बसेको पार्टी पदाधिकारी बैठकले नेत्री चन्दलाई छनोट गरेको हो ।

पुर्ख्यौली घर बैतडी भएकी चन्द पार्टीको केन्द्रिय सदस्य हुन् । यसअघि २०६४ सालको संबिधानसभा चुनावमा चन्द बैतडी क्षेत्र नम्बर २ बाट प्रत्येक्ष निर्बाचित सभासद पनि हुन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.