धनगढी-अत्तरिया ६ लेन सडकमा साईकल लेन सञ्चालन

धनगढी । सुदूरपश्चिममै पहिलो पटक कैलालीको धनगढीमा साईकल लेन सञ्चालनमा आएको छ । धनगढी अत्तरिया ६ लेन सडकखण्डमा पहिलो पटक साईकल लेन सञ्चालनमा आएको हो ।

६ लेन सडकखण्डको कैलाली भन्सारदेखि धनगढी विमानस्थलसम्म शनिबारदेखि धनगढी उपमहानगरपालिकाले साइकल लेन सञ्चालन गरेको छ । उक्त सञ्चालनको धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले उद्घाटन गरेका छन । उद्घाटनका क्रममा बोल्दै नगर प्रमुख हमालले साइकल यात्रीहरूलाई सडक दुर्घटनाबाट जोगाउन साईलक लेन सञ्चालनमा ल्याईएको बताए ।

उनले सडक प्रयोग गर्न पाउनुपर्ने साईकलयात्रीरुको अधिकारका लागि छुट्टै लेन निर्माण गरिएको बताए । उद्घाटन कार्यक्रमपछि साइकल यात्रीहरूले धनगढीदेखि विमानस्थलसम्म साइकल समेत चलाएका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.