डडेल्धुरा । नेपाली सेनाले सम्पदा संरक्षण अभियानको थालनी गरेको छ । जिल्ला सदरमुकाम खलंगामा रहेको ऐतिहांसिक ढुंगे अमरगढी किल्लामा सरसफाई गरि पुनः निर्माणका लागि बृहत छलफल पछि प्राकृतिक आलितालमा सरसफाई अभियान सञ्चालन गरेको छ ।
आलिताल गाउँपालिका संगको समन्वयमा सेनाले शनिबार डडेल्धुराका सात वटै स्थानीय तहका प्रमुख, उप प्रमुख, प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल लगायत सरोकारवाला निकायलाई तालमै आमन्त्रण गरि सरसफाई अभियानको थालनी गरेको छ ।
सम्पदा संरक्षणका लागि सरसफाई अभियान सञ्चालन गरिएको रणबम गणका गणपति प्रमुख सेनानी प्रविन थापाले जानकारी दिए । ताल संरक्षणका लागि स्थानीय सरकार, प्रशासन र स्थानीयहरुको अपनत्व गराउन सरसफाई अभियान सञ्चालन गरिएको बताए । पहिलो दिन सेना, प्रहरीलेले तालको सरसफाई गरेपछि आईतबार र सोमबार आलितालका विद्यार्थीहरुले गर्ने उनले बताए ।
विद्यार्थीहरुले सरसफाई गर्दा तालबारे जानकारी पाउनुका साथै अवलोकन भ्रमणको मौका समेत पाउने उनको भनाई छ ।