परस्त्रीसँगको बिवादपछि एक प्रहरी जवान परे खोरमा

धनगढी। कैलालीमा एक प्रहरी नै प्रहरीको खोरमा थुनिएका छन्।महिलामाथि आर्थिक लेनदेनका क्रममा दुर्व्यवहार गरेको आरोपमा एक प्रहरी जवान पक्राउ परेर थुनिएका हुन्।

स्रोतका अनुसार धनगढीकै चौधरी थरकी एक महिलासँग रकम लेनदेनको विषयमा विवाद हुँदा बैतडी घर भएका प्रहरी जवान दमनबहादुर बिष्टलाई पक्राउ गरेर थुनामा राखिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले सार्वजनिक मुद्दामा प्रहरी जवान बिष्टलाई थुनामा राखिएको जानकारी दिए।

बिष्टविरुद्ध महिलाले जाहेरी दर्ता गराएपछि प्रहरीले उनलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको जनाएको छ। यस्तै उनलाई आज जिल्ला प्रशासन कार्यालयमा पेस गरिने पनि बताइएको छ। उनी डोटीमा कार्यरत थिए।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.