सरकार भ्रष्टाचारबिरुद्ध लाग्दा व्यवस्था विरोधी अत्तालिए: महासचिव गुरुङ

कञ्चनपुर । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले वर्तमान सरकारले सञ्चालन गरेको भ्रष्टाचार विरोधी अभियानले व्यवस्था विरोधी समूह षड्यन्त्र रचिरहेको बताएका छन् । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारले सञ्चालन गरेको भ्रष्टाचार विरोधी अभियानबाट अत्तालिएर व्यवस्था विरोधी समूहले षड्यन्त्र गरिरहेको बताएका हुन् ।

बिहीबार प्रेस सेन्टर नेपाल कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव गुरुङले सरकार र व्यवस्था विरुद्धमा विभिन्न षड्यन्त्र भइरहेको बताए । ‘वर्तमान सरकार सबै षड्यन्त्र चिरेर अघि बढ्छ, ‘महासचिव गुरुङले भने, ‘मुलुक अग्रगमन दिशातर्फ उन्मुख भइरहेको छ, ‘उनले भने, ‘केही बिखण्डनकारी तत्वहरु राष्ट्रियता विरुद्धमा लागेका छन् ।’

उनले गठबन्धनमा कुनै चुनौती नभएको बताउँदै मुलुकको सम्बृद्धिका लागि कम्युनिष्ट दल मात्रै नभई गैर कम्युनिष्ट पाटीसँगको सहकार्य आवश्यक रहेको बताए । समाजवादी मोर्चामा आधारभूत विषयमा एकमत भएको बताउँदै उनले पार्टी एकतामा सबै कम्युनिष्ट दलबीच एकता आवश्यक रहेको औँल्याए ।

गुरुङ्गले एनसेल प्रकरणमा सरकारले छानबिन गरिरहेको बताउँदै नेकपा महासचिव नेत्र विक्रम चन्द (विप्लव) सहितका नेता कार्यकर्ता पक्राउ प्रकरणको विषय राजनीतिक सहमतीय आधारमा टुङग्याउनुपर्ने बताए । उनले माओवादीको विकल्प नभएको बताउँदै पाटी जनतासम्म पुगिररहेको बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.