धनगढी । अपाङ्गताको क्षेत्रमा काम गदै आएको परिलक्षीत सस्थाले कैलालीमा रहेका अपाङ्गता ब्यक्तिहरुको जीवन सहज पार्न विभिन्न कार्यमा सघाई रहेको छ । सोमवार धनगढीमा एक कार्यक्रमका बिच परिलक्षित सस्थाले आर्थिक बर्ष २०७९/८० मा गरेका कामहरुको सामाजिक परिक्षण गरेर सार्वजनिक गरेको हो ।
परिलक्षितले यस बर्ष कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ मा अवस्थीत सु.प. समावेशी आधारभुतमा सात लाख लागतमा अपाङ्गमैत्री शौचालय निर्माण गरिएको संस्थाले जानकारी दिएको छ । यस्तै कैलालीको धनगढीमा रहेको पञ्चोदय माध्यामिक बिधालयमा नब्बे हजार लागतमा स्वच्छ खानेपानीको टंकी निमार्ण गरिएको संस्थाले जानकारी दिएको छ । त्यसैगरी सु.प.समावेशी बिधालय र श्री दक्षिणकाली बहिरा आवासीया बिधालयका बिधाथीका लागि ३ लाख रुपैया पोषणयुक्त खाना सहयोग गरिएको संस्थाले जानकारी दिएको छ ।
कैलालीका गोदावरी, गौरीगंगा र धनगढीका अपाङ्ग भएका बिधार्थी र बिपन्न ३० जना बिधार्थीका लागि बिस लाख बाह्र हजार पाँच सय जसमा गोदावरीका लागि चार लाख बिस हजार, गौरीगँगाका लागि आठ लाख सत्तहर हजार पाँच सय र धनगढीका लागि सात लाख १५ हजार खर्च गरेको संस्थाले जानकारी दिएको छ । त्यसैगरी श्री दक्षिणकाली बहिरा आवासीया बिधालयमा कक्षाकोठामा भित्ताहरुमा अक्षर शब्द चित्र साँकतिक भाषा निर्माणमा एक लाख पचास हजार रुपैया खर्च गरेको संस्थाको तथ्याङकमा देखाएको छ । त्यसैगरी श्री दक्षिणकाली बहिरा आवासीया बिधालयमा छात्रवास फनिचरमा एक लाख चालिस हजार खर्च गरेको संस्थाको तथ्याङकमा देखाएको छ ।
परिलक्षीत संस्थाले अपाङ्ग भएका व्यक्तिलाई आत्मनिर्भर बनाउने उद्देश्यले अपाङ्ग अपाङ्ग भएका व्यक्तिका १५ जना अभिभावकहरुलाई बाख्रा तथा बंगुर सम्बन्धी तालिममा पन्चानान्वे हजार सात सय चौसट्टी रुपैया खर्च गरेको संस्थाको तथ्याङकमा देखाएको छ । ९ जनालाई एक लाख ८० हजारका बाख्रा र ६ जनालाई एक लाख बीस हजारका बंङ्गुर बितरण गरेको संस्थाको तथ्याङकमा देखाएको छ । त्यसैगरी ६ जनालाई दुई लाख चालिस हजारका खुद्रा पसलका सामान बितरण गरिएको संस्थाको तथ्याङकमा देखाएको छ ।
त्यसैगरी कार्यगत सिकाई तालिम ९ जनालाई तीन लाख ६८ हजार रुपैया खर्च गरिएको संस्थाको तथ्याङकमा देखाएको छ । त्यसैगरी सिलाइ कटाई तालिममा ६ जनालाई दुई लाख चालिस हजार रुपैया खर्च गरेको छ । त्यसैगरी मोवाईल, साइकल, मोटरसाईकल मर्मत तालिममा ४ जनालाई एक लाख ६० हजार रुपैया खर्च गरेको छ । त्यसैगरी लोकसेवा तयारी कक्षामा एक जनालाई बीस हजार रुपैयाँ खर्च गरेको छ ।त्यसैगरी कम्प्युटर तालिममा ५ जनालाई अठासी हजार रुपैयाँ खर्च गरेको छ ।
प्रदेश स्तरिय समन्वयानत्मक बैठकमा असी हजार रुपैया खर्च गरेको छ । सयुक्त रुपमा कार्य क्षेत्र अनुगमनमा नब्बे हजार रुपैयाँ खर्च गरेको छ । स्थानीय तहस्तरिय परियोजना सल्लाहकार समितिको बैठकमा नब्बे हजार रुपैयाँ खर्च भएको छ । त्यसैगरी अन्तराष्ट्रिय अपाङ्ग र ह्वील चियरमा एक लाख र्चाैतिस हजार रुपैया भएको छ । रेडियो कार्यक्रममा एक लाख तेह्र हजार रुपैयाँ भएको छ ।
कार्यक्रमका प्रमुख अथिति गौरीगंगा नगरपालिका नगर प्रमख देबि दत्त कडेलले परिलक्षित संस्थासंग मिलेर गौरीगंगा नगरपालिकाले अपाङ्गताको क्षेत्रमा काम गरिरहेको जानकारी गराए । उनले अपाङ्गता भएका व्यक्तिले परनिर्भता भन्दा आत्म निर्भर हुन जरुरी रएको जानकारी गराए । उनले गौरीगंगा नगरपालिका अपाङ्गता व्यक्तिका लागि हकहितको रुपमा काम गरिरहेको जानकारी गराए । उनले गौरीगंगा नगरपालिमा अपाङ्गता व्यक्ति, गरिव भएर बिधालय छाड्नु नपर्ने,कसैको यस्तो अवस्था आएमा नगरपालिका जानकारी गराउन आग्रह गरेका छन ।
त्यसैगरी कार्याक्रममा बिशिष्ट अथिति गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा रोकायले परिलक्षित संस्थाले सरकारले गर्नुपर्ने काम गरेको जानकारी गराइन । उनले अपाङ्ता परिचय पत्र चार प्रकारको रहेको रातो , निलो रंगको परिचय पत्र प्राप्त भएका व्यक्तिले सरकारले केही भत्ता नदिएको, पहेलो र सेतो परिचय पत्र प्राप्त गरेकालाई सरकारले केही नदिएको र नगरपालिकाले केही गर्न नसकेको जानकारी गराइन । उनले नगरपालिकामा थोरै बजेट रहेको, त्यो बजेट अपाङ नगर कार्य संजालसंग मिलेर काम गरिरहेको जानकारी गराइन ।
कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत छात्र नरेन्द्र बिष्टले आफ्नो अभिभावक नभएकोले पढ्न धेर्रै कठिन भएको बताउदै उनले परिलक्षित संस्थाले छात्रबृति उपलब्ध गराएपछि मलाई धेरै सजिलो भएको जानकारी गराए । उनले म नदेख्न नसक्ने भएकोले मलाई परिलक्षित अडियो रेकटर ल्याईदिएको जानकारी त्यसैगरी कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत छात्रा कमला ढकालले परिलक्षित संस्थाले गर्दा धेरै सहज भएको बताइन । उनले मलाई डेरामा बस्न र खाना पनि धेरै असहज भईरहेको बेला परिलक्षित संस्थाले छात्रबृति उपलब्ध गराएकोले सहज भएको जानकारी गराइन ।
त्यसैगरी सुदूरपश्चिम अपाङ्ग महासंगका अध्यक्ष मानबहादुर साउँदले कैलालीका गौरीगंगा, गोदावरी र धनगढी उप महानगरपालिकाले नव निर्मित भवन अपाङ्गमैत्री बनाउन परिलक्षित संस्थाले धेरै सहयोग गरेको जानकारी गराए । उनले अपाङ्ग भएका व्यक्तिलाई दया,माया होइन अवसरदिनुपर्ने जानकारी गराए । उनले सरकारी निकायले गर्नुपर्ने काम गैर सरकारी निकायले गर्ने गरेको जानकारी गराए । कार्याक्रम संचालन परिलक्षित संस्थाकी सुदूरपश्चिम प्रदेशकी फिड् अधिकृत पुष्पा रोकायले गर्नु भएको थियो ।