Dashain Suvakamana

सुदूरपश्चिममा अन्तराष्ट्रिय अपाङ्गता दिवस भव्यताकासाथ मनाइने

Ajai

धनगढी । बिभिन्न कार्यक्रमकासाथ यस बर्षको अन्तराष्ट्रिय अपाङ्गता दिवस सुदूरपश्चिममा तीन दिनसम्म भव्यताकासाथ मनाइने भएको छ । राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेश समितिको अगुवाइमा “दिगो बिकासका लक्ष्य प्राप्तिको प्रतिबद्धता : अपाङ्गता भएका ब्यक्तिहरुको अपनत्व र नेतृत्वसहितको ऐक्यवद्धता” भन्ने मुख्य नारासहित ३२औं अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाउन बिभिन्न समितिहरु गठन गरिएका छन् ।

शुक्रबार धनगढी उप महानगरपालिका नगर उप- प्रमुख कन्दकला कुमारी रानाको अध्यक्षतामा बसेको दिवस समन्वय बैठकले राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष मान बहादुर साउदको सयोजकत्वमा १७ सदस्यीय दिवस मुल समारोह समिति गठन गरेको छ । यस्तै, उक्त कार्यक्रमको खर्च ब्यबस्थापन र समन्वयका लागि सरकारी गैरसरकारी तथा निजि र ब्यवसायिक क्षेत्र संग सहकार्य गर्न अपाङ्गता अभियानकर्मी भिम बहादुर शाहको संयोजकत्वमा ९ सदस्यीय दिवस ब्यबस्थापन समिति बनाइएको छभने कार्यक्रमको प्रचार प्रसार गरि मंसिर १५ गते साझ पत्रकार भेटघाटको आवश्यक ब्यबस्थापन गर्न पत्रकार भवनी ऐरलाई जिम्मेवारी दिइएको छ।

दिवसको अवसरमा अपाङ्गता भएका युवाहरूलाई आय आर्जन र रोजगारि संग जोडन सिपयुक्त युवाहरूको दक्षता र क्षमता प्रदर्शनी सहित सरकारि गैरसरकारी र निजि तथा प्राईभेट क्षेत्रका उद्योगी  व्यावसायिहरुलाई आमन्त्रण र रोजगारी  सृजना गर्न अनुरोध गर्ने साथै स्टल निर्माण गरि आफ्नो सीप कला र दक्षता प्रदर्शन गर्ने उद्देश्यले मंसिर १६ र १७ गते २ दिने अपाङ्गता युवा उद्यमशिलता स्वरोजगार महोत्सवको आयोजना गर्ने निर्णय भएको महासघका सचिब नन्दराज भट्टले जानकारी दिए। उक्त अवसरमा अपाङ्गता नागरिकलाई रोजगारि दिइरहेका ब्यक्तित्वलाई सम्मान तथा थप रोजगारि शृजनाका लागि सबै पक्ष संग आग्रह र प्रतिबद्धता संकलन गरिने उनको भनाई छ।

साथै उक्त कार्यक्रम सम्पन्न गर्नका लागि राष्ट्रिय अपाङ्ग महासघ नेपाल सुदूरपश्चिम प्रदेशले रु. २५ हजार, परिलक्षित सस्थाले  रु.१५ हजार र राष्ट्रिय मानसिक स्वस्थ्य स्वावलम्वन केन्द्र {कोसिस}ले ५ हजार  सहयोग गर्ने प्रतिबद्धता बैठकमा गरेका थिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.