Dashain Suvakamana

मन्त्री साउँदले गराए एमबिबिएस छात्रवृत्तिमा लक्षित वर्गको पहुँच

Ajai

धनगढी । सामाजिक विकास विना समृद्धि ल्याउन असम्भव जस्तै ठान्ने सुदूर पहाड अछामका युवा झपट बहादुर साउँद सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्री नियुक्त भएसँगै समानरुपमा जनताका जनजीविका सहज पार्न लागिपरेका छन् ।

केही थरी ब्यक्ति संघीयता र त्यसमा पनि प्रदेश सरकारप्रति वितिक्ष्णा उब्जाएर पुरातनमै फर्काउन लागिपरेका बेला प्रदेश सरकारको उक्त मन्त्रालयको नेतृत्व सम्हालेका साउँद नीतिगत रुपमै जनताको शिक्षा स्वास्थ्यका साथै राज्यका हरेक क्षेत्रमा लक्षित वर्गको पहुँच सुनिश्चित गराउन लागिपरेका हुन् ।

यसै क्रममा पछिल्लो पटक उनले प्रदेश सरकारले दिंदैआएको एमविविएस छात्रवृतिमा समाजका लक्षित गर्वमैत्री नभएको जनगुनासोलाई सम्बोधन गरेका छन् । यसअघि प्रदेश सरकारले ल्याएको एकीकृत छात्रवृति व्यबस्थापन निर्देशिका २०७६ लाई तेस्रो पटक संसोधन गराई समाजमा रहेका सबै लक्षित वर्गमैत्री भएको सामाजिक विकास मन्त्रालयका कानून तथा फैसला कार्यान्वयन शाखा प्रमुख दानवहादुर सुनारले जानकारी दिए ।

उक्त संसोधन प्रस्ताव शुक्रबारको मन्त्री परिषदबाट पास भएर सोही दिनदेखि लागु भएको भन्दै कानून अधिकृत सुनारले यस संशोधनबाट  संविधानको‌ मूल मर्म र भावना अनुरुप एमबीबीएस छात्रवृत्ति वितरण प्रकृयालाई न्यायोचित र समन्यायिक बनाउने भएको बताए ।

May be an image of textMay be an image of text

May be an image of text

May be an image of the Western Wall and text

May be a doodle of text

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.