डडेल्धुरा बागबजारमा डोजर चल्यो

डडेल्धुरा । डडेल्धुरा सदरमुकाम बागबजारमा सडक क्षेत्रमा पर्ने भौतिक संरचना भत्काउन सुरु गरिएको छ। अमरगढी नगरपालिकाले सडक क्षेत्रमा पर्ने संरचना भत्काउन डोजर चलाएको हो।

सडक विस्तारका लागि मुआब्जा दिएर पनि घर नभत्काइएपछि नगरपालिकाले डोजर चलाएको अमरगढी नगरपालिका–५ का अध्यक्ष टंकबहादुर क्षेत्रीले बताए। बागबजारदेखि रानीधारासम्मका घर तथा जग्गाको मुआब्जा वितरण भइसकेको उनको भनाई छ।

सडक डिभिजन कार्यालय डोटीका अनुसार मुआब्जा वितरण गरेर महाकाली राजमार्गको नाममा लालपूर्जा पनि आइसकेको छ। तर, मुआब्जाको सम्पूर्ण रकम पाएका घरधनीले पनि संरचना भत्काउन अटेरी गरेपछि सडक निर्माणको प्रक्रिया अगाडि बढाउन ढिलाई भइरहेको छ।

बजार क्षेत्रमा ५ मिटर चौडा रहेको सडकलाई विस्तार गरेर हाल ३० मिटर कायम गरिएको छ। सडक क्षेत्रका संरचना हटाउन वडा कार्यालय र नगरपालिकाले कार्तिक १३ गते ७ दिनको म्याद दिएर अन्तिम पटकका लागि संरचना हटाउन सूचना जारी गरेका थियो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.