धनगढीे । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री झपटबहादुर साउँदले युवाहरुलाई कुलतबाट जोगाउन पनि खेलकूदमा लगानी बढाउनुपर्ने बताएका छन् । बुधवार कैलालीको लम्कि जेसीजले आयोजना गरेको दोस्रो किसान सहकारी जेसीज क्रिकेट कपको उद्घाटन गर्दै मन्त्री साउँदले सो कुरा बताएका हुन् ।
युवा वर्गलाई सिर्जनात्मक कार्यमा प्रेरणा प्रदान गरीरहेको जेसीस संस्थाको प्रशंसा गर्दै मन्त्री साउँदले अन्यत्रकाझै पछिल्लो समय सुदूरपश्चिमका युवाहरु दुव्र्येशनको कुलतमा फस्दै गइरहेकोप्रति चिन्ता प्रकट गरे ।
भोलिका कर्णधार युवालाई सचेतना र खेलकूदका माध्यमबाट समाज रुपान्तरण गर्न तयार बनाउन प्रदेश सरकार यस्तै सामाजिक संघ संस्थासँग हातेमालो गर्न तयार रहेको भन्दै उहाँले स्वास्थ्य युवा नै आफ्नो ब्यक्तित्व र गाउँ समाजकालगि केही गर्नसक्ने भएकाले शाररीक र मानसिकरुपमा बलियो, तन्दुरुस्त रहन खेलकूद मानव जीवनकालागि महत्वपूर्ण रहेको बताए ।
लम्कि जेसीजका अध्यक्ष रजवहादुर थापाको अध्यक्षतामा आयाजित उक्त क्रिकेट कप प्रतियोगितको उद्घाटन मन्त्री साउँदले ब्याटिङ् गर्दै गरेका थिए । प्रतियोगितामा कैलाली आसपासका छ टीमको सहभागिता रहेको महासचिव केशब शर्माले जानकारी दिए ।