भीरबाट लडेर बैतडीमा २ जनाको मृत्यु

बैतडी । छुट्टाछुट्टै घटनामा परी बैतडीमा दुई जनाको मृत्युु भएको छ । जिल्लाको पाटन नगरपालिका –५ का ओदालीका ३२ वर्षीय रामबहादुर चन्द पाटन–मेलौली सडकखण्डको पाटन नगरपालिका –५ कद्वारस्थित भीरबाट दुईसय मिटर तल मृत भेट्टिएका छन् ।

सोमबार साँझ घरबाट कद्वार जान भनी निस्केका रामबहादुर मङ्गलबार दिउँसो मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो । चन्दको भीरबाट लडेर मृत्युु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

यस्तै, भीरबाट लडेर पाटन नगरपालिका वडा ४ कुणीका ५० वर्षीय वीरसिंह विष्टको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका २ स्थित निङलाशैनी मन्दिरमा लागेको जात्रा हेरेर फर्किएका विष्ट घरनजिक रहेको लिसान्गड भीरबाट लडेका थिए । भीरबाट लडेर गम्भीर घाइते भएका विष्टलाई उपचारका लागि धनगढी लैजाँदैगर्दा बाटोमै मृत्युु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.