इजरायलबाट दिल्लीहुँदै नेपाल पुगेकाले दिए नेपाल सरकारलाई धन्यवाद

कञ्चनपुर । द्वन्द्वग्रस्त इजरायलबाट उद्दार गरेर भारतको राजधानी दिल्ली हुँदै गड्डाचौकी महेन्द्रनगरमा सात जना नेपाल पुगेका छन । मंगलबार बिहान इजरायलको तेलअभिभबाट बिहान ९ बजे भारतीय स्पाईस जेट विमान मार्फत १८ जना नेपालीलाई उद्दार गरेर ल्याईएको थियो ।जसमध्ये ७ जना नेपाल मात्रै गड्डाचौकी नाका भएर नेपाल प्रवेस गरेका हुन ।

द्वन्द्वग्रस्त मुलुकबाट मातृभूमि पुगेका नेपालीले खुसी व्यक्त गरेका छन । उनीहरुले आफुहरु बसेको स्थानमा द्वन्द्व नचर्किएको भएपनि त्रासले स्वदेश फर्किएको बताएका छन । १४ बर्षदेखि ईजरायलमा कार्यरत टोखा नगरपालिका ८ काठमाण्डौँकी श्वेता गुरुङ्गले आफु १४ बर्षदेखि ईजरायलको जेरुसेलममा कार्यरत भएको बताउँदै पहिलो पटक ठुलो क्षति भएको अनुभव पोखिन । त्यहाँ बस्न सुरक्षित अनुभव नभएपछि स्वदेश फर्किएको उनले बताईन ।  ‘उनले भनिन, ‘आफ्नो भूमि नेपाल सकुसल पुगियो, खुसीको सीमा नै छैन, धन्यवाद नेपाल सरकार ।’

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख कमल थापाले इजरायलबाट दिल्ली पुगेका मध्ये ७ जना मात्रै गड्डाचौकी नाका भएर नेपाल(कञ्चनपुरको महेन्द्रनगर बसपार्क) पुगेको बताए । कैलालीको टीकापुर नगरपालिका १का नन्दसिह भुल, मोरङ उर्लाबारी ६का निश्चल श्रेष्ठ सहित पाँच जना काठमाण्डौँका स्थानीय राज कुमार मानन्धर, श्वेता गु्रुङ्ग, ममता थापा, दिल कुमारी अधिकारी, लक्ष्मण दियाल पश्चिम भूमि नेपाल आईपुगेका हुन । उनीहरुलाई प्रहरीले महाकाली यातायात कम्पनीसंग समन्वय गरेर निश्चित गन्तव्यसम्म पु¥याउने भएको छ ।

सातै जना नेपालीसंग दिल्लीबाट महेन्द्रनगर पुगेका सुदूरपश्चिम नेपाली समाजका केन्द्रीय सदस्य बीर बहादुर बोहराले मंगलबार राती २ बजे दिल्ली पुगेका १८ जना नेपाली मध्ये अन्य ६ जना हवाई जहाज मार्फत आ–आफ्नो घर गएको र बाँकी ५ जना दिल्लीमै आफन्तकहाँ गएको बताए । दिल्ली पुगेका सातै जना नेपालीलाई दिल्ली स्थित नेपाली दुतबासले सवारी साधन प्रबन्ध गरेर महेन्द्रनगर पु¥याएको थियो ।

२० असोजमा हमास समुहले इजरायलमाथि हमाल गर्दा सुदूरपश्चिम विश्वविद्यालयका १० विद्यार्थीको निधन भएको थियो । भीमदत्त नगरपालिका ३ भाँसी महेन्द्रनगर कञ्चनपुरको विद्यार्थी विपिन जोशी अझैपनि वेपत्ता छन । जोशीलाई हमास समुहले अपहरण गरेको आशंका गरिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.