
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री झपटबहादुर साउँदले एउटै प्रकृतिको काममा लैङ्गीक विभेद हुन नहुने बताएका छन् । श्रमिक महिला रक्षा संघले शुक्रबार योगदानमा आधारित सामाजिक सुरक्षा ऐन र अनौपचारिक मनोरञ्जनात्मक क्रियाशिल क्षेत्रमा महिलाको अवस्था विषयक सरोकारवाला निकायसँग गरेकोे अन्तरक्रिया कार्यक्रममा मन्त्री साउँदले यस्तो बताएका हुन् ।
काम गर्ने हिसावले महिला वा पुरुषमा अन्तर छुट्याउनु नहुने उनको भनाई थियो । पेशा वा परिश्रमलाई समान र मर्यादित बनाउन ऐन कानूनसँगै सरोकारवालाको सकारात्मक सोच आवश्यक रहेको उल्लेख गर्दै मन्त्री साउँदले भने– ’ऐन नियमको कार्यान्वयन गर्न र समाजमा रहेका असमानता हटाउन तपाईहरुको रचनात्मक साथ र समन्वयमा प्रदेश सरकार जस्तोसुकै एक्सन लिन तयार छ ।’
संविधानले महिला वा पुरुषले गर्ने काम (श्रम)मा अन्तर नहुने व्यबस्था गरेको भएपनि नेपाली समाजले महिलाले गर्दैआएका कतिपय श्रमलाई हेलाको दृष्टिले हेर्ने गरेको कार्यक्रमका सहभागीहरुले गुनासो गरेका थिए । नेपालको संविधान बमोजिम सरकारले बनाएका ऐन कानूनले पुरुष र महिला कामदारलाई समान काममा समान ज्याला र समान मर्यदा उल्लेख गरेको भएपनि व्यवहारतः हुन नसकेको प्रष्ट्याउदै उनीहरुले श्रमिक महिलाको हकअधिकार रक्षाकालागि सरकार, नीजिक्षेत्र, सामाजिक संघसंस्था लगायतका सबै सरोकारवालाहरु एकजुट लाग्नुपर्नेमा जोड्दिएक थिए।
कार्यक्रममा सहभागी महिला अधिकार र सामाजिक क्षेत्रमा कृयाशील संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले नीजिक्षेत्रका कलकारखाना, लघुवित्त सहकारी, अस्पताल, होटल, विधालयलगायतका व्यपार व्यबसायमा कार्यरत महिलाको श्रमकासाथै शाररीक शोषण हुने गरेको बताउदै अनौपचारिक मनोरञ्जनात्मक क्रियाशिल क्षेत्रमा कार्यरत ती महिलाको परिश्रमलाई मर्यादित बनाउदै उनीहरुलाई पनि योगदानमा आधारित सामाजिक सुरक्षा ऐनमा जोड्नुपर्ने माग गर्नुभएको थियो ।
श्रमिक महिला रक्षा संघका केन्द्रीय अध्यक्ष सविना तामाङको अध्यक्षतामा सम्पन्न उक्त अन्तरकृर्या कार्यक्रममा महिला अधिकारकर्मीसँगै प्रहरी प्रशासन र समाजका विभिन्न क्षेत्रमा कृयाशील पेशागत संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता थियो।
