Dashain Suvakamana

‘किशोरावस्था संक्रमणकालीन उमेर भएकाले ख्याल गरौं’ मन्त्री साउँद

Ajai

धनगढी । सुदूरपश्चिममा पहिलो पटक प्रदेशस्तरीय बालिका सम्मेलन गरिएको छ । बालिका तथा किशोरीहरुको समग्र विकासमा स्थानीय सरकार र सामाजिक क्षेत्रमा कार्यरत संघसंस्थालाई उनीहरुको भूमिका र दायित्व बोध गराउन सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सम्मेलनको आयोजना गरेको हो ।

बालविवाहका चुनौतीहरु के–के छन्, तिनको समाधान कसरी गर्ने, बालिकाको भोगाइ कस्तो छ भन्ने विषयमा बालिकासँगै छलफल गरेर घोषणापत्र सार्वजनिक गर्ने उद्देश्यले दुई दिनसम्म धनगढीमा सञ्चालन भएको सम्मेलनको उद्घाटन गर्नुहुँदै सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री झपटबहादुर साउँदले सम्मेलनले सरकारलाई बालिका केन्द्रीत नीति, कानुन तथा कार्यक्रम निर्माणमा मद्दत पुग्ने अपेक्षा राख्नुभयो । किशोरावस्था संक्रमणकालीन उमेर भएको र भविष्य निर्माणको आधार यही उमेरमा तय हुने भएकाले सरकार र सरोकारवाला सबैले बालिकाको विकासमा ध्यान दिनुपर्नेमा उहाँको जोड थियो ।

आत्मरक्षा तालिम, लागुऔषधविरुद्धका कार्यक्रमलगायत किशोरीलाई लक्षित गरेर प्रदेश सरकारले हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै आएको जानकारी गराउँदै उहाँले भन्नुभयो–‘प्रदेश सरकारले किशोरी केन्द्रीत कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिन्छ ।’ ‘अहिले किशोरावस्थाका युवायुवती लागुऔषधको प्रयोग र कारोबारमा बढी संलग्न भएको पाइन्छ, त्यसलाई ध्यान दिएर बालसुधार गृहको अवधारणा पनि प्रदेश सरकारले ल्याएको छ ।’

किशोरीको समग्र विकासमा प्रदेश र स्थानीय सरकारको भूमिका र दायित्व बढाउन बालिका सम्मेलन आयोजना गरिएको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका प्रमुख कृष्णप्रसाद भट्टराइले जानकारी दिुभयो । ‘बालिकामा यौन तथा प्रजनन स्वास्थ्यको अधिकारको अवस्था के छ, उनीहरुले के चुनौती भोगिरहेका छन्, बालिकाका लागि प्रदेश र स्थानीय सरकारले के काम गरिरहेको छ भनेर सम्मेलनमा छलफल भएको भन्दै भट्टराइले भन्नुभयो–‘सम्मेलनबाट सार्वजनिक भएको घोषणापत्रले प्रदेश सरकार र स्थानीय तहलाई बालिका केन्द्रीत नीतिनियम र कार्यक्रम बनाउन मद्दत पुग्ने अपेक्षा गरेका छौँ ।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.