धनगढीको बालाजी आइसक्रिम उद्योगलाई कारवाही

धनगढी। कैलालीको धनगढीमा रहेको एक आइसक्रिम उद्योग कारबाहीमा परेको छ। धनगढी उपमहानगरपालिकास्थित लक्ष्मीनगरमा रहेको बालाजी आइसक्रिम उद्योग कारबाहीमा परेको हो।

उपमहानगरपालिकाको बजार अनुगमन टोलीले मंगलबार गरेको अनुगमनका क्रममा बालाजी आइसक्रिम उद्योगलाई जरिबाना गरेको हो। आइसक्रिमको खोल बाहिर उत्पादन मिति र म्याद सकिने मिति नभपछि दुई हजार रुपैयाँ जरिबाना गरिएको धनगढी उपमहानगरपालिका बजार अनुगमन टोलीका संयोजक नारायणप्रसाद शर्माले बताए।

टोलीले सो उद्योगलाई आगामी दिनमा बिक्री वितरण गर्दा मिति राखेर बेच्न सुझाव समेत दिएको छ। संयोजक शर्माका अनुसार पहिलो पटक भएकाले सम्झाई बुझाई गरेर दुई हजार मात्रै जरिबाना गरिएको बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.