धनगढी । सुदूरपश्चिमका कैलाली-कन्चनपुरमा केही दिनदेखि घाम लाग्न थालेपछि किसानहरु धान भित्र्याउन सुरु गरेका छन् । मनसुन अब करिब अन्त्य भएपछि किसानहरु धान भित्र्याउनमा लागेका हुन् ।
यसअघि, धान पाकेर तयार भए पनि मौसम प्रतिकूलताका कारण किसानले ढुक्क भएर धान भित्र्याउन सकेका थिएनन् । वर्षायाम सकिएकाले धान काट्न र भित्र्याउने व्यस्तता बढेको धनगढी उपमहानगरपालिका –८ धनगढी गाउँका मित्थु चौधरीले बताए ।
कैलालीमा यस वर्ष ६९ हजार हेक्टर जमिनमा बर्खे धान खेती भएको छ । यसवर्ष बाढीले नबिगारेका कारण धान उत्पादन राम्रो भएको किसानले जनाएका बताएका छन् ।