बझाङमा फेरी भूकम्प, एक जना घाइते

धनगढी । बझाङमा भूकम्पले घरको छानो खस्दा एक वृद्ध घाइते भएकी छिन । मष्टा गाउँपालिकाको भातेखोला केन्द्रविन्दु भएर आएको भूकम्पको धक्काले घर छाएको स्लेट खस्दा आँगनमा बसिरहेका मष्टा–४ का सुको फराडा घाइते भएका हुन् ।

बझाङमा शनिबार बिहान ११ः४५ मा भातेखोला केन्द्रविन्दु बनाएर ५.३ रेक्टर स्केल भुकम्पले उनको हातमा चोट लागेर नशा च्यातिएको भातेखोला स्वास्थ चौकीलाई उद्धत गर्दै मष्टा– ४ का वडा अध्यक्ष उत्तम जोशीले बताए । उनको भातेखोला स्वास्थ चौकीमा उपचार हुन नसकेपछि जिल्ला अस्पताल सिमखेत ल्याइँदै छ ।

बझाङमा शनिबार बिहान ११ः४५ बजे ५.३ रेक्टर स्केल र दिउँसो १२ः३२ बजे पुनः तल्कोट गाउँपालिकाको धमेना आसपास केन्द्रविन्दु बनाएर ४.३ रेक्टर स्केलको भुकम्प गएको थियो । गत मंगलबार बझाङ केन्द्रविन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गए यता निरुन्तर बझाङमा कम्पन भइरहेको छ ।

पछिल्लो चार दिनमा बझाङ केन्द्रबिन्दु भएर १५ पटक भूकम्पका धक्का मापन गएको वरिष्ठ भूकम्पविद् विजयप्रसाद कोइराला बताए। उनका अनुसार सुदूरपश्चिम क्षेत्रमा ठूलो शक्ति सञ्चित भएर बसेकाले भूकम्पको उच्च जोखिम छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.