Dashain Suvakamana

‘आफु र समाजलाई स्वास्थ्य राख्न युवासँग खेलकूद’ मन्त्री साउँद

Ajai

धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपटबहादुर साउँदले आफू र आफ्नो समाजलाई स्वास्थ्य राख्न हरेक युवालाई खेलकूदसँग जोड्नुपर्ने बताएका छन् ।

प्रथम सुदूरपश्चिम श्री शारीरिक सुगठन प्रतियोगीताका विजेता खेलाडीलाई शनिवार साँझ पुरस्कार वितरण गर्दै मन्त्री साउँदले यस्तो बताएका हुन् । खेलकुदको विकासका लागि प्रदेश सरकारले बजेटमा कमि हुन नदिने प्रतिवद्धता व्यक्त गर्दै उनले भने–‘युवाहरु जागरूक नबने सम्म प्रदेश बन्दैन भन्ने बोध भएर सरकारले युवाहरूलाई स्वरोजगारमा समेत जोड्न खोजेको छ।’

May be an image of 3 people and textप्रथम सुदूरपश्चिमश्री शारिरीक सुगठनको उपाधि लक्ष्मीदत्त पन्त र सुनिल चन्दले प्राप्त गरेका छन्। यस्तै, शारीरिक सुगठन विधामा दितिय पुरस्कार आर्यान शाही, तृतिय अर्जुन साउद र सहानुभुति तर्फ अनिल सेरलाले प्राप्त गरेका छन भने मेन्स फिजिकतर्फ दितिय पुरस्कारतर्फ अजय रिजाल, तृतिय अमृत रावत र सहानुभुतितर्फ सन्देश शाहले प्राप्त गरेका छन् ।

प्रतियोगिताका दुवै विधाका विजेतालाई जनहीनगद २५ हजार पुरस्कार प्रदान गरिएको छ । यस्तै दुवै विधामा दोस्रो हुनेलाई नगद १५ हजार र तेस्रो हुनेलाई नगद १० हजार नगद पुरस्कार दिइएको छ ।साथमा जिन्सी पुरस्कार हरू पनि प्रदान गरिएको छ ।

विजेता खेलाडीलाई सामाजिक विकास मन्त्री झपटबहादुर साउदले ट्रफी, नगद पुरस्कार तथा सम्मान सामाग्री हस्तान्तरण गरेका थिए।May be an image of 10 people and text

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.