Dashain Suvakamana

प्रधानमन्त्री फर्किएपछि बाबुराम भट्टराईको पार्टीसँग एकता

Ajai

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन भ्रमणबाट फर्किनुभएपछि नेपाल समाजवादी पार्टीसँगको एकता टुङ्गो लाग्ने भएको छ । प्रधानमन्त्री प्रचण्ड र नेसपा अध्यक्षद्वय डा. बाबुराम भट्टराई भारत र महेन्द्र राय यादव चीन भ्रमणमा रहनुभएकाले स्वदेश फर्किनुभएपछि एकताको छिनोफानो लाग्ने भएको हो ।

नेसपाका सहअध्यक्ष एवं बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेसपाका दुवै अध्यक्ष विदेश भएकाले स्वदेश फर्किएलगत्तै एकताको टुङ्गो लाग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “माओवादीसँग एकता गर्ने नै भन्ने छ । अहिले तीनै जना विदेश भ्रमणमा हुनुहुन्छ । उहाँहरू स्वदेश फर्किएलगत्तै पार्टी एकताको छिनोफानो हुने छ ।”

उहाँले माओवादीसँग एकता गर्न धेरै विषय मिलिसकेकाले केही प्राविधिक पक्ष मिलाउन बाँकी रहेको बताउनुभयो । पार्टी एकताका विषयमा डा. भट्टराई सकारात्मक नरहनुभएकाले श्रेष्ठ र यादवलाई चुनौती भएको छ । डा. भट्टराईले एकता स्वीकार्नुभएन भने के गर्ने भन्नेमा दुवै नेता निर्णयमा पुगिसक्नुभएको छैन । यस्तै माओवादी केन्द्रका कार्यालय सचिव डोरप्रसाद उपाध्यायले नेसपासँग पार्टी एकता गर्ने विषयमा सघन छलफल भइरहेको स्वीकार गर्नुभयो । उहाँले माओवादी र नेसपाबिच सबै विषय मिल्दै गएकाले छिट्टै एकता हुन सक्ने प्रस्ट पार्नुभयो ।

नेसपासँगै एकता गर्न माओवादी केन्द्रले पार्टीकै नाम फेर्न तयार भएको छ । गत भदौ ३० गते अध्यक्ष यादवलाई माओवादीले पार्टीको नाम फेर्न तयार रहेको पत्र पठाएको थियो । पार्टीको नाम फेरे पनि नेकपा उल्लेख गरिने नेताहरूले बताएका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.