धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री झपट साउँदले देउडा संस्कृति सुदूरपश्चिमको पहिचान भएको बताएका छन ।देउडा राष्ट्रियकरण भइसकेको बताएका छन् । ‘हाम्रो संस्कृति, हाम्रो पहिचान’ संस्थाले कैलालीमा आयोजना गरेको देउडा कार्यक्रमलाई सम्बाेध गर्दै मन्त्री साउँदले अव देउडालाई अन्तराष्ट्रियकरण गर्न आवश्यक भएको बताएका हुन् ।
‘सांस्कृतिक एकता नभएसम्म बलियो राज्य बन्न नसक्ने बताउँदै मन्त्री साउँदले भने, “देउडा सुदूरपश्चिमको पहिचान हो, यो राष्ट्रियकरण भइसकेको छ । प्रधानमन्त्रीज्यूले गौरालाई राष्ट्रिय चाडको रुपमा मनाउने निर्णय गर्ने प्रतिवद्धता जनाइ सक्नुभएको छ । अब अन्तर्राष्ट्रियकरण गर्नुपर्छ ।”
सुदूरपश्चिममा फरक-फरक संस्कृति भएपनि एकले अर्कालाई सम्मान गरिरहेको मन्त्री साउँदले बताए । पहाड र तराईमा फरक फरक संस्कृति छऽ तरपनि एकले अर्कालाई सम्मान गरिरहेको उनले बताए । मन्त्री साउँदले संस्कृति बलियो भएमात्रै राज्य बलियो हुने भन्दै भने, “यहाँ फरकफरक संस्कृति छ, पहाडले तराईको संस्कृतिलाई सम्मान गरेको छ । तराईले पहाडको संस्कृतिको सम्मान गरेको छ । यही हो हाम्रो पहिचान हो । संस्कृति बलियो भएमात्रै राज्य बलियो हुन्छ ।”
सुदूरपश्चिम प्रदेशमा हिमाल, पहाड र तराईमा फरकफरक संस्कृति भएपनि बलियो एकता भएको समेत बताए । “हिमाल तथा पहाड र तराईमा रहनसहन र संस्कार र संस्कृति फरक छ तर बलियो एकता छ । यो नै हाम्रो पहिचान हो” मन्त्री साउदले भने । उनले सांस्कृतिक एकता खलबलिए समाज नै तहसनहस हुने समेत बताए ।
कार्यक्रममा बोल्दै मन्त्री साउँले विश्वभर छरिएर रहेका नेपालीमाझ देउडा संस्कृति पुर्याउनु पर्नेमा जोड दिए । उनले प्रदेश सरकारले सबै समुदायका चाड पर्व तथा संस्कृतिलाई सम्मान गर्दै समान संरक्षण सम्वर्धन गर्ने प्रतिवद्धता समेत जनाए ।