Dashain Suvakamana

सुदूरपश्चिमको सात पहाडी जिल्ला जोड्ने राजमार्ग अवरुद्ध

Ajai

धनगढी। सुदूरपश्चिम प्रदेशको सात पहाडी जिल्लालाई जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । अविरल वर्षाले गर्दा गए राति कैलालीको गोदावरी नगरपालिका–४ स्थित भावर क्षेत्रमा ठुलो पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको हो ।

पहिरोका कारण राजमार्ग चर्किएर भासिएको छ । पहिरोले राजमार्ग अवरुद्ध भएपछि सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको यातायात ठप्प भएको छ । पहाडबाट तराई झर्ने र तराईबाट पहाड जाने सबै सवारी साधन बाटोमा रोकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुल दीप चन्दले जानकारी दिए । 

उनका अनुसार अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको छ । तर, माथिबाट पहिरो झर्ने क्रम जारी रहेकाले बाटो खुलाउन समस्या भइरहेको छ । राजमार्ग अवरुद्धका कारण यात्रुहरू अलपत्र परेका छन् । राजमार्ग अवरुद्ध भएकाले पहाडी जिल्लाका लागि र पहाडबाट तराईका लागि यात्रा नगर्न प्रहरीले सबैलाई आग्रह गरेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.