Dashain Suvakamana

सुदूरपश्चिममा डेंगुकाे संक्रमण बढ्याे, अहिलेसम्म चार जनाको मृत्यु

Ajai

धनगढी । सुदूरपश्चिम प्रदेशमा डेंगुबाट चार जनाको मृत्यु भएको छभने झण्डै १७ सयमा संक्रमणकाे पुष्टि भएकाे छ । स्वास्थ्य निर्देशनालयका अनुसार डोटीका एक र कैलालीका तीन जनाको मृत्यु भएको हो। डेंगु संक्रमितहरुको तथ्याँक अद्यावधिक नभएकाले पनि मृतकको संख्या कम देखिएको हुन सक्ने अनुमान गरिएको छ।

स्वास्थ्य निर्देशनालय दीपायलको तथ्याँक अनुसार सन २०१९ देखि हालसम्म १६ सय ९४ जनामा संक्रमण पुष्टि भएको हो। सुदूरपश्चिममा हालसम्म झण्डै १७ सय जनामा डेंगुको संक्रमण फेला परेको बताइएकाे छ। यस बर्षमा मात्र तीन सय ३५ जनामा डेंगुको संक्रमण देखिएको छ। निर्देशनालयका अनुसार सबैभन्दा दार्चुलामा पाँच सय ६५ जनामा संक्रमण फेला परेको छ। कैलालीमा चार सय २०, कञ्चनपुरमा २९६, बझाङमा ४०, बैतडीमा ४९, डोटीमा ९२, बाजुरामा १७ र डडेल्धुरामा ९४ जनामा डेंगुको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य निर्देशनालयको तथ्याँक अनुसार सन २०१९ मा ९३ जनामा ०२० मा १३२ जनामा जनामा डेंगुको संक्रमण फेला परेको थियो। सन २०२१ मा ४५ पुरुष र ४१ महिला तथा दुई अन्य गरेर ८८ जनामा डेंगुको संक्रमण फेला परेको थियो। यस्तै, सन २०२२ मा ५५३ पुरुष, ५०१ महिला र २ अन्यमा डेंगुको संक्रमण फेला परेको थियो।

सन २०२३ को हालसम्म १७० पुरुष, १६३ महिला र दुई अन्य गरेर ३३५ जनामा डेंगुको संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिममा डेंगुको संक्रमणको दर बढेको देखिएको हो। 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.