Dashain Suvakamana

सुदूरपश्चिममा विपदले क्षति बढाउँदै, प्रदेश सरकार मुकदर्षक

Ajai

धनगढी । सुदूरपश्चिम प्रदेशमा बर्सेनी विभिन्न प्रकारका विपदबाट भौतिक तथा मानवीय ठूलाे क्षति हुने गरेको छ । पहाडमा बाढी पहिराे र तराइमा डुबानसँगै प्रदेशका नौ वटै जिल्लामा चट्याङ, हावाहुरी, आगलागीलगायतका विपद र वन्यजन्तु आक्रमणबाट पनि अन्नबाली तथा मानवीय क्षति हुँदै आएका छन् ।

विपद जुनसुकै समयमा पनि आउन सक्ने भएकाले यसको पूर्वतयारी तथा प्रतिकार्य योजनाहरु बनाएर सरकार अघि बढ्नुपर्ने हुन्छ । विपद जोखिम नियन्त्रणका लागि त्यसैअनुसारको बजेट पनि तयारी अवस्था राख्नुपर्ने भए पनि सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८०/८१ का लागि प्रस्तुत गरेको बजेटले भने यसमा ध्यान नदिएको देखिन्छ। पछिल्ला वर्षको घटनाक्रमहरू हेर्दा पहिरोको कारण बर्सेनी बढी क्षति भएका छ ।

सुदूरपश्चिम सहित देशभर भारी वर्षाको अनुमान गरिएको भएपनि प्रदेश सरकारसंग त्यसबारे तयारी छैन । जबकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तयार पारेको मनसु्न पूर्वतयारी तथा कार्ययोजनाको मस्यौदामा यस प्रदेशभित्रका विभिन्न जिल्लाहरूमा विपदबाट प्रभावित हुनसक्ने एक लाख ४७ हजार ६० अनुमानित जनसंख्या र घरधुरी ३३ हजार छ सय ५२ रहने अनुमान गरिएको छ ।

प्रदेशमा पहिरोको घटना र यसको पुनरावृत्ति सम्बन्धी तथ्याङ्कलाई विश्लेषण गर्दा यस प्रदेशका ७ वटै पहाडी जिल्लाहरू र कैलाली जिल्लाका केही पहाडी भू–भाग पहिरोको उच्च जोखिम रहने अनुमान गरिएको छ । ‘विपद् पोर्टलको २०६९ देखि २०७९ सम्मको तथ्याङ्कलाई विश्लेषण गर्दा यस अबधिमा प्रदेशभरी दुई सय ७१ वटा पहिरोका घटना घटेका कारण एक सय ६२ जना मानिसको मृत्यु भएको, एक सय १८ जना घाईते भएको तथा २७ जना बेपत्ता भएको’ उल्लेख छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.