कैलालीका ४ पालिकामा आज सार्वजनिक बिदा

धनगढी । आज कमैया मुक्ति दिवस । यसै अवसरमा कैलालीका ४ पालिकाले आज सार्वजनिक बिदा दिएको छ । कैलालीको टीकापुर नगरपालिका, जानकी गाउँपालिका, भजनी नगरपालिका र जोशीपुर गाउँपालिकामा आज सार्वजनिक बिदा दिइएको हो ।

पालिकादेखि लिएर स्वास्थ्य संस्था, विद्यालयमा बिदा गरिएको उक्त पालिकाहरुले सार्वजनिक गरेकोे सूचनामा उल्लेख छ । नेपालमा बन्धुवा मजदुरका रूपमा काम गर्दै आएका कमैयालाई तत्कालीन सरकारले २०५७ साल साउन २ गते मुक्त भएको घोषणा गरेको थियो ।

सरकारले कमैया मुक्तिको घोषणा गरी उनीहरू सबैको पुनर्स्थापना गर्ने र जीविकोपार्जनमा सहयोग पुर्याउने प्रतिबद्धता जनाएको थियो । कमैया बस्नेमा थारु समुदायका व्यक्ति थिए । मुक्त कमैयाहरू कैलालीसहित कञ्चनपुर, बर्दिया, बाँके, दाङ लगायतका जिल्लामा रहेका छन् ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.