उत्सर्गमा पुग्नैलाग्दा सुदूरपश्चिममा अपाङ्गता आन्दाेलन तुहाउने खेल

धनगढी । सुदूरपश्चिममा अपाङ्गताकाे आन्दाेलन उत्सर्गमा पुग्नैलाग्दा तुहाइएकाे छ । सुदूरपश्चिम सरकारले सार्वजनिक गरेकाे बजेट समावेशीरुपमा अपाङ्गमैत्री नभएकाे भन्दै यस प्रदेशमा अपाङ्गता भएका नागरिक एक हप्तादेखि धनगढीमा आन्दाेलित थिए । तर आन्दाेलनले उठाएका माग कुनैपनि पुरा नहुँदै मुख्यमन्त्रीकाे एक सम्बाेधनमै अन्दाेलन राेकीएकाले ‘दालमे कुछ काला है’ भन्दै धेरैजसाे आ-आफ्नाे घर फर्केका छन् ।

बजेट र याेजनामा मुख्यमन्त्रीकाे प्रतिबद्धता मागेकाे आन्दाेलन सामाजिक विकास मन्त्रालय एक शाखा अधिकृतकाे पत्र पाए लगत्तै किन राेकीयाे ?

May be an image of 2 people, skateboard and textअपाङ्गताकाे हकअधिकार र सम्मानीत जिवनयापनका लागि भनिएकाे याे अन्दाेलन नेपालकै इतिहासमा चर्चित पनि भयाे । सञ्चार माध्यम र सामाजिक सञ्जालमा आन्दाेलनकारीका तस्विर र भिडियाेहरु भाइरल बने । यहाँकाे आन्दाेलनले अन्य प्रदेश तथा संघीय कार्यालयलाई पनि आन्दाेलित हुन प्रेरित बनायाे । नामले मात्रै अपाङ्गतामैत्री भनेर सरकारी कार्यालयमा बनाइएका र्याप्प ताेडफोड गरी भत्काइए, उपमहानगरले स्थानीय पार्कमाेड सडक छेउमा बनाएकाे चाैताराेमा अपाङ्गताकाेलागि अबराेध भएकाे भन्दै आन्दाेलनकै क्रममा भत्काएर फेरी बनायाे । यसबाट सरकार, स्थानीय तह लगायत सार्वजनिक स्थल अपाङ्गमैत्री हुनुपर्ने पाठ सबैलाई सिकायाे ।

आन्दाेलनले सरकारकाे नेतृत्वकर्तालाई मात्रै नभइ कर्मचारी प्रशासनलाई पनि अपाङ्गताका सवालमा सजक गराएकाे थियाे । यतिमात्रै नभएर सात दिनसम्मकाे आन्दाेलनमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, कैलाली प्रशासन कार्यालय, सामाजिक विकास मन्त्रालय, प्रदेशकाे धनगढीस्थित शहरी विकास कार्यालय लगाएतमा ताेडफोड भए । होटेल डिभोटीदेखि पिपल चाैतारासम्मकाे राेड अपाङ्गमैत्री नभएकाे भन्दै सम्बन्धित सबैमा खबरदारी गराइयाे । May be an image of 1 person, motorcycle, scooter, violin, clarinet and crowd

नेपाली अपाङ्गता चर्चित चेली झमक कुमारीकाे अथक लगाव र प्रयास अनि दुबै खुट्टा गुमाएका हरि बुढामगर संसारकाे शिर सगरमाथाकाे सफल आराेहण गरेजस्तै संविधानप्रदत्त हकअधिकार मागेर नपाएपछि लडेर खोस्न आन्दाेलित  सुदूरपश्चिमेली अपाङ्गता भएका नागरीक सेलाएकाे देखेर आवाज विहिनकाे आवाज याे ‘सुदूरआवाज मिडिया’ अचम्मित छ । तर, अपाङ्गता अधिकार प्रवर्धन संघर्ष समितका संयाेजक भीमवहादुर शाह र राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिमका अध्यक्ष मानवहादुर साउदले माग पुरा नहुँदासम्म आन्दाेलन नराेकिने बताएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.