धनगढी ३ मा विधार्थीलाई रक्सी, चुराेट बेच्न नपाइने

धनगढी । सुदूरपश्चिम प्रदेशकाे एक मात्र उपमहानगरपालिका धनगढीकाे ३ नम्बर वडामा विधार्थीलाई मद्यपान तथा धुम्रपान लगायतका बस्तुहरु बिक्री वितरण गर्न राेक लगाइएकाे छ । विहीवार वडा कार्यालयले सार्वजनिक सूचना जारी गर्दै यस्ताे कार्यमा राेक लगाएकाे हाे । 

वडाअध्यक्ष राजवहादुर ऐरद्वारा जारी सार्वजनिक सूचनामा  विधालय आसपास वा विधार्थी ड्रेसमा रहेका १८ वर्षमूनीका बालवालिकालाई धुम्रपान तथा मद्यपान जन्य बस्तु बिक्री गर्न नपाईने जनाइएकाे छ ।

सूचनामा भनिएकाे छ- ‘धनगढी उपमहानगरपालि वडा नम्बर ३ भित्रका विधालय क्षेत्र तथा १०० मिटर आसपास १८ वर्ष वा साे मूनीका बालवालिकालाई मद्यपान तथा धुम्रपान बिक्री वितरण गर्न निषेध गरिएकाे हुँदा साे कार्य गरे गराईएकाे पाईएमा कानून बमाेजिम कारवाही गरिने छ ।’

May be an image of ticket stub and text that says 'धनगढी उप-महानगरपालिका नं.वडाकार्यालय धन्हाली, सुदूरपण्िय प.सं.: ०७९।5০ च.नं. देस, मिति २०૬०/०२/१૬ धुम्रपान तथा मदयपान विक्री वितरण गर्न निषेध गरिएको सम्वन्धी सार्वजनिक सचना यस धनगढी उप-महानगरपालिका वडा नं. ३ भित्रका विद्यालय क्षेत्र तथा विद्यालयको कम्तीमा १०० मिटर वरपर, 15 वर्ष भन्दा मुनिका बालवालिका तथा विद्यालय कलेज पोशाकमा रहेका विद्यार्थीहरुलाई धुम्रपान तथा मदयपान विक्री वितरण गर्न निषेध गरिएको हुंदा सो कार्य गरे गराएको पाईएमा कानून अनुसार कारवाही भईजाने व्यहोरा सरोकारवाला सवैमा यसै सूचनाद्वारा जानकारी गराइन्छ। नश्र्रवट ਕਾवਿ राज बहादूर बढ़ा वड| अध्यक्ष अध्यक्ष ऐर'

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.